• १३ साउन २०८१, आइतबार

घोराही उपमहानगरमा गठबन्धनका शर्मा र डाँगीको अग्रता कायमै

blog

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार हेमराज शर्मा र भुपबहादुर डाँगी । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, जेठ १ गते । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । आइतवार बिहानसम्म घोराही उपमहानगरपालिकाका ६ वटा वडामा भैरहेको मत गणनाका आधारमा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाउँदै लग्नुभएको छ । 

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा ३ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले २ हजार ७ सय ६१ मत प्राप्त गरेर पछ्याइरहनुभएको छ । हालसम्म एमालेका उम्मेदवार चौधरीभन्दा गठबन्धनका उम्मेदवार शर्मा ३ सय ७५ मत अन्तरले अघि रहनुभएको छ । 

उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार  भूपबहादुर डाँगीले ३ हजार ४३० मत प्राप्त गर्दै अग्रतालाई फराकिलो बनाउनुभएको छ । उपप्रमुखमा एमालेबाट उम्मेदवार बन्नुभउकी हुमा डिसीले २ हजार ६ सय ५९मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका  डाँगी र एमालेकी डिसीबीच  ७ सय ७१ मतको फरक छ ।

घोराहीमा अहिले वडा नं. १४, १५, १६, १७, १८ र १९ नम्वरमा मत गणना भैरहेको छ । जसमा वडा नं. १४, १६ र १८ मा एमाले अघि देखिएको छ भने १५,  १८ र १९ मा गठबन्धनका उम्मेदवार अघि रहनुभएको छ । मतगणना ढिलाई हुँदा अहिलेसम्म घोराहीमा कुनै पनि वडाको परिणाम आउन सकेको छैन । घोराही उपमहानगरपालिकाका १९ वडाहरुमा ७६ हजार ५ सय २१ मत खसेको छ ।