• १३ साउन २०८१, आइतबार

बुटवलमा काँग्रेसका खेलराज पाण्डेको फराकिलो अग्रता

blog

वडा न २ मा समाजबादीका सुनिल शाक्य विजयी भएपछि बुटवलमा बिजयी जुलुस । तस्विर – कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ १ गते । रुपन्देहीका १६ स्थानीय तहमा मतगणना जारी छ । जिल्लाको एक मात्र बुटवल उपमहानगरपालिकाको वडा न १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ । वडा न २ मा एकिकृत समाजवादीका सुनील शाक्य विजयी हुनुभएको छ ।

शाक्य विजयी भएपछि अहिले बुटवलमा विजयी जुलुस निकालिएको छ । बुटवल उपमहानगरपालिकाको अगाडी समर्थकहरुले नाराबाजी गर्दै खुसीयाली साटिरहेका छन् ।त्यस्तै गरि रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनको विजयी शुरूवात भएको छ । वार्ड नं १ मा गठबन्धनले जीत हासिल गरेको हो ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा वडाध्यक्षमा विजयी  हुनुभएको हो ।उहाँले  नेकपा एमालेका केहरसिंह थापालाई पराजित गर्नुभयो । थापाले २ हजार ३ सय ९१ मत प्राप्त  गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थापा २ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो 

यस्तै बुटवल उपमहानगरको नगरप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिनुभएको छ । उहाँले ११ सयभन्दा बढीको मतान्तर बढाउनुभएको छ । ६ हजार १ सय ४९ मत गणना हुँदा पाण्डेयले २ हजार ८ सय १३ मत ल्याउनुभएको छ भने उहालाइ नेकपा एमालेका बाबुराम भट्टराईले  १ हजार ६ सय ३१ मतसहित पछ्याउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ८३२ मत ल्याउनुभएको छ । बुटवलमा वडा न ३ र १९ को मतगणना भैरहेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारबिच कडा प्रतिस्पर्धा छ । पछिल्लो अपडेट अनुसार मेयरमा काँग्रेसका रामकृष्ण खाँण १३३१ मतका पाउनुभएको छ भने  एमालेका मोहन चापागाईंले १३२४ मत पाउनुभएको छ ।

उपमेयरमा भने एमालेकी उम्मेदवार जागेश्वरीदेवी चौधरी अगाडि हुनुहुन्छ । उहाँले  १२०५ मत ल्याउदा माओवादी केन्द्रका हेमन्त पाण्डेले ५७४ मत ल्याएउनुभयो । अहिले तिलोत्तमा १ र १७ को मत गणना भइरहेको छ।

१६ पालिका रहेको रुपन्देहीमा १ उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । रुपन्देहीमा ७१ प्रतिशत मत खसेको  थियो ।