• १३ साउन २०८१, आइतबार

काभ्रेका सत्र वटा वडाको नतिजा सार्वजनिक

blog

काभ्रेको रोशी गाउँपालिका–१ को वडा अध्यक्षमा एमालेका श्रीदास लामा विजयी भएपछि खुसीयाली मनाउँदै एमालेका नेता तथा कार्यकर्ता । तस्विर सौजन्य– चित्र तामाङ

केदार तिमल्सिना 

बनेपा, जेठ १ गते । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म काभ्रेका सत्र वटा वडाको नतिजा सार्वजनिक भएको छ । आइतबार बिहान ११ बजेसम्म जिल्लाका १३५ वटा वडामध्ये १३ वटा वडाको नतिजा सार्वजनिक भएको हो । 

आईतबार बिहान ११ बजेसम्म जिल्लाको खानीखोला गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी हुनुभएको छ । यसैगरि जिल्लाको नमोबुद्ध नगरपालिका–१ मा नेपाली काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रेम लामा, मण्डनदेउपुर नगरपालिका–१ मा एमालेका शिव ढकाल, वडा नम्बर २ मा नेपाली काँग्रेसका राजकुमार मल्ल विजयी हुनु भएको हो । त्यसैगरी जिल्लाको चौरीदेउराली गाउँपालिका–१ मा नेपाली काँग्रेसका सुनिलकुमार लामा, रोशी गाउँपालिका–१ को वडा अध्यक्षमा एमालेका श्रीदास लामा, बनेपा नगरपालिका–१ मा एमालेका कमलप्रसाद घिमिरे, वडा नम्बर २ मा नेपाली काँग्रेसका रामप्रसाद घिमिरे निर्वाचित हुनु भएको हो ।

जिल्लाको बेथानचोक गाउँपालिका–१ मा काँग्रेसका मधुसूदन तिमल्सिना, धुलिखेल नगरपालिका–१ मा नेपाली काँग्रेसका सन्तबहादुर लामा, वडा नम्बर २ मा एमालेका अर्जुन घोरासाईने, वडा नम्बर ३ मा एमालेका गणेश आचार्य विजयी हुनुभएको छ । त्यस्तै महाभारत गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छामान जिम्बा, भुम्लु गाउँपालिका–१ मा माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ, वडा नम्बर २ मा नेपाली काँग्रेसका सुजन भण्डारी र वडा नम्बर ३ मा एमालेका ज्ञान बहादुर तामाङ, पनौती नगरपालिका–२मा एमालेका पुरुषोत्तम अधिकारी वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । 

आइतबार बिहान ११ बजेसम्म सार्वजनिक भएको वडाको नतिजा अनुसार सात वटा वडामा एमाले, छ वडामा नेपाली काँग्रेस, एक वडामा स्वतन्त्र, तीन वडामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष विजयी भएका हुन् ।