• १९ असार २०८१, बुधबार

अजयमेरु गाउँपालिका–१ र ६ मा कांग्रेसका उम्मेदवार भण्डारीद्वय विजयी

blog

अमजयमेरु गाउपालिका–१, ६ मा निर्वाचित वडा अध्यक्षहरु । तस्बिर : सामाजिक सञ्जाल

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ १ गते । अमयमेरु गाउँपालिका वडा–१ र ६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं. १ मा दत्ति भण्डारी पुनः निर्वाचित हुनुभएको हो । भण्डारी यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । उहाँले ४२६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय अजयमेरुले जानकारी दिएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेस विपीका उम्मेदवार तेज भण्डारीले २९६ मत मात्रै प्राप्त गर्नुभएको थियो । 

वडा नं. ६ मा भने नेपाली कांगेसका युवा उम्मेदवार हरि भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले ७३४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले ३३६ मत मात्रै प्राप्त गर्नुभएको थियो । यस अघिको निर्वाचनमा यस वडाबाट नेकपा माओवादीका उम्मेदवार विजयी हुनुभएको थियो । 

भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिका–२ मा पनि नेपाली कांग्रेसका उम्मेदवार प्रमोद मल्ल विजयी हुनुभएको छ । उहाँले २८३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले १३९ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय आलितालले जनाएको छ ।