• १३ साउन २०८१, आइतबार

रेसुंगा नगरप्रमुखमा कांग्रेसका पन्थी र उपप्रमुखमा कुँवर निर्वाचित

blog

गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी । तस्बिर : गोरखापत्र

तिलाचन पाण्डे

तम्घास, जेठ १ गते । गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो । 

उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार ६१९ मत ल्याएर उपप्रमुख विजयी  भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुख नेकपा एमालेबाट नगरप्रमुखमा राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याएर पराजित हुनुभएको छ ।

उपप्रमुख रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याएर पराजित हुनुभयो । नगरपालिकामा २३ हजार ५३१ जना मतदाता रहेकोमा १६ हजार २३९ जनाले मतदान गरेका थिए । नगरपालिकाका १० वटामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमालेले वडाअध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसबाट रेसुंगा नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेसका हीराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लिलाधर आचार्य, ५ मा दुर्गा प्रसाद खनाल, ७ मा रामजी पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे र १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिंह टन्डन, १३ मा हुमबहादुर बस्नेत, १४ धनबहादुर पुन विजयी हुनुभयो ।

नेकपा एमालेबाट वडा नम्वर १ मा राम प्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ र ८ मा निरञ्जन थापा काउछा, ११ मा खुमबहाादुर राना बिजयी हुनुभयो । ०७४ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख उपप्रमुख सहित ६ वटा वडामा वडाअध्यक्ष निर्वाचित भएका थिए ।