• १९ असार २०८१, बुधबार

जोशीपुर–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ १ गते । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो । 

महिला वडा सदस्यमा सरस्वती चौधरी, दलित महिला सदस्यमा धनी विक, खुल्ला सदस्यमा लालबहादुर डङ्गौरा र घनश्याम चौधरी विजयी हुनु भएको छ । 

यसैगरी, घोडाघोडी नगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रामदुलारे चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ८२६ मत प्राप्त गरेर उहाँ विजयी हुनु भएको हो । महिला सदस्यमा सुनिता चौधरी, दलित महिला सदस्यमा मातादेवी दमाई, सदस्यमा गोपुलदास डङ्गौरा र रामनाथ चौधरी विजयी हुनु भएको छ । 

यस्तै, टीकापुर नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका ऋषि विक विजयी हुनु भएको छ । सो वडामा वडा सदस्यमा दुई जना नेपाली काङ्ग्रेस र दुई जना माओवादीबाट विजयी हुनु भएको छ ।