• १३ साउन २०८१, आइतबार

सात वटा स्थानीय तहमध्ये एकमा जित तीनमा काँग्रेस अगाडि

blog

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ १ गते । यहाँका सात वटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले एउटा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित चार वटा वडामा विजयी हाँसिल गरेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा काँग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ ।

गन्यापधुरा गाउँपालिका प्रमुखमा इन्द्रबहादुर कार्की र उपप्रमुखमा ज्ञानु सेटीसहित ४ वटा वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको हो । 

वडा नं.२, ३, ४ र ५ मा काँग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ । वडा नं. २ मा मनोज देउवा, ३ मा चक्र देउवा, ४ मा नरेश भट्ट र ५ मा सिपी रोस्यारा विजयी भएको निर्वाचन अधिकृत दिलीप तामाङ्ले जानकारी दिनुभयो । वडा नं. १ मा भने काँग्रेस बीपीका उम्मेदवार विजयी हुनुभएको छ । 

अमरगढी नगरपालिकाका तीन वटा वडाको मत गणना सकिँदा तीन वटै वडामा काँग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ । वडा नं. १ मा लोकबहादुर ऐर, वडा नं. २ मा हेमराज पन्त र वडा नं. ३ मा तीर्थबहादुर ऐर विजयी हुनुभएको छ । 

परशुराम नगरपालिकाका दुई वटा वडामा काँग्रेसका उम्मेदवारहरु वडाध्यक्षमा विजयी हुनुभएको छ । वडा नं. २ मा रमेश बोहररे वडा नं. ३ मा नरेश खवास विजयी हुनुभएको छ । 

नवदुर्गा गाउपालिकाको एउटा वडामा काँग्रेस विजयी भएको छ । वडा नं. १ मा तरुण दल जिल्ला अध्यक्ष समेत रहेनु भएका शेरबहादुर साउद विजयी हुनुभएको छ । 

अजयमेरु गाउपालिकाका दुई वटा वडामा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं. १ मा काँग्रेसका उम्मेदवार दत्तीसिंह भण्डारी र वडा नं. ६ मा हरि भण्डारी विजयी हुनुभएको छ । 

आलिताल गाउँपालिका–२ र ८ मा काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं. ८ मा धनबहादुर देउवा र २ काँग्रेसका प्रमोद मल्ल विजयी हुनुभएको हो । 

अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकामा काँग्रेसका उम्मेदवार अगाडि देखिनुभएको छ ।  

भागेश्वर गाउँपालिका–१ मा स्तन्त्रका उम्मेदवार माणिकराज भट्ट विजयी हुनुभएको छ । नवदुर्गा गाउँपालिका–५ मा समाजवादीका उम्मदेवार प्रेम ऐर विजयी हुनुभएको छ । उहाँ विजयी भए सँगै समाजवादीले डडेल्धुरामा खाता खोल्न सफल भएको छ ।