• १४ असार २०८१, शुक्रबार

जनकपुरधाम–१ मा काँग्रेसको प्यानल विजयी

blog

जनकपुरधाम–१ मा निर्वाचित अध्यक्ष दीपनारायण यादवसहित पदाधिकारी । तस्बिर : गोरखापत्र

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ  गते । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । शनिबार अबेर राति सम्पन्न भएको मतगणनाबाट ११४३ मत प्राप्त गरी वडाध्यक्षमा दीपनारायण यादव विजयी हुनुभएको हो ।  

त्यस्तै सदस्यहरूमा सतिया देवी सादा मुसहर ११२२, शारदा पन्त १११९, विजयकुमार साह ९५६ र मनोजकुमार पूर्वे ९२० मत ल्याएर विजयी भएका हुन् । महिला सदस्य शारदा पन्त भने यसअघि समेत सदस्य पदमा निर्वाचित हुनुभएको थियो र शनिबारको मतगणनापछि पुनः सदस्य पदमा निर्वाचित हुनुभएको छ ।