• १३ साउन २०८१, आइतबार

मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा श्रेष्ठ वडाध्यक्षमा निर्वाचित

blog

हरि काेइराला

उर्लाबारी, जेठ १ गते । मोरङको मिक्लाजुङ गाउँपालिकाको  वडा नं. २ मा २४ वर्षीय बलबहादुर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडामा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका श्रेष्ठको नै  प्यानल विजयी भएको छ । उहाँ नेपालको कान्छो वडाध्यक्ष बन्न सक्ने निर्वाचन अधिकृत रामकृष्ण श्रेष्ठले बताउनु भयो । 

 श्रेष्ठले  ७६१, खुल्ला सदस्य रेवत खड्काको ५५४खुल्ला सदस्य हेमराज कटुवालको ५७०, महिला सदस्य उषा राइको ५४३ साथै दलित महिला सदस्य शर्मिला विकको ५४८ मत प्राप्त भएको छ । मिक्लाजुङ वडा नं. २ मा २०५४ को स्थानीय निकायको निर्वाचनमा र २०७४ को निर्वाचन तह निर्वाचनमा विजयी बन्नुभएका  गौरीप्रसाद राईलाई हराउँदै श्रेष्ठ विजयी हुनुभएको हो ।

राई एमालेका तर्फबाट उमेद्वार बन्नुभएको थियो ।  यस्तै वार्ड नम्बर १ मा पनि नेपाली काँग्रेसका उमेद्वार पर्वत राई सहित उहाँको प्यानल विजयी भएको छ । त्यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गठबन्धन भएको थियो । कम्युनिष्ट गठबन्धनलाई २५३ मतान्तरले हराउँदै पर्वत राई वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । वडाध्यक्षमा विजयी पर्वत राइले ९२९ मत  प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी उमेश राईले  ७०२ मत  प्रात गर्नुभयो । 

 त्यस्तै खुल्ला सदस्य तर्फ कांग्रेसका पासाङ तामाङले ९०८.,टेकबहादुर  राईले ९०७ मत, महिला सदस्य लोकमाया राइले ९११ मत र दलित महिला सदस्य कल्पना घिमिरेले ९२२ मत प्राप्त गर्नुभयो । कम्युनिष्ट पार्टीको आधार क्षेत्र मानिएको मिक्लाजुङ १ उत्तर पूर्वी मोरङको पाँचथर र इलामसँग जोडिएको तत्कालीन रमितेखोला गाविस हो । 

यताँग्रेसले वडा नं. १ मा बहुमत सदस्य जितेका छन् । 

वडा नं. ७ मा एमालेका तर्फबाट मोहनप्रसाद अधिकारी १३ सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेसका अमृत चेम्जाङले १ हजार ९० मत प्राप्त गर्नुभयो । वडा सदस्यमा जीवन सुब्बा १३ सय मत, जितेन्द्र लिम्बूले १२ यि ८२ मत,महिला सदस्य पदमकुमारी कार्कीले १४ सय ९ मत,दलित महिला सदस्य रुविना ताम्राकार बिकले १३ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । 

वडा नं १ मा नेपाली काँग्रेसका रत्नबहादुर कार्कीले ११ सय ८ मत प्राप्त गरी विजयी हुनुभयो । कार्कीका निकटतम प्रतिद्वन्द्वी तोर्ण कार्कीले ८५२ मत प्राप्त गर्नुभयो । वडा नं .१ मा महिला सदस्य नेपाली काँग्रेसकी विमला बुढाथोकी ९०४ मत र खुला सदस्य दीपेशकुमार थापाले ८९७ मत प्राप्त गरी विजयी हुनुभयो । दलित महिला सदस्यमा एमालेकी तुलसादेवी नेपाली ९०० मत र खुला सदस्य पहिलो रामजी भण्डारी ९४३ मत ल्याएर विजयी हुनुभयो ।