• १३ साउन २०८१, आइतबार

गुल्मीमा पहिलो महिला वडाध्यक्ष

blog

तिलाचन पाण्डे

तम्घास, जेठ १ गते । गुल्मीमै पहिलो पटक महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका –९ अर्लाङ्गकोटमा पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसकी भुमा गुरुङ निर्वाचित हुनुभएको छ ।

उहाँ ४६६ मतका निर्वाचित भएको निर्वाचन अधिकृत दयाशङ्कर अधिकारीले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका रामकृष्ण कँडेलले ३८१ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

 गुरुङ ८५ मत अन्तरले वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । अर्लाङ्गकोटमा गुरुङको प्यानल नै विजयी भएको छ ।