• १३ साउन २०८१, आइतबार

गुल्मीदरवार गाउँपालिका अध्यक्षमा कांग्रेसका थापा निर्वाचित

blog

गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित नेपाली कांग्रेसका सरोज थापा । तस्बिर : गोरखापत्र

तिलाचन पाण्डे

तम्घास,जेठ १ गते । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा थापाले ६ हजार १६६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा थापाले ६ हजार १८८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत प्राप्त गर्नुभएको हो । उपाध्यक्षमा शुसिला पुनले ५ हजार ५८९ मत प्राप्त गर्नुभयो । गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमाले विजयी भएको छ ।