• १३ साउन २०८१, आइतबार

मटिहानी नगरपालिकामा लोसपाको पहिलो खाता खुल्यो , मेयरमा लोसपाको अग्रता

blog

विजयी भएका लोसपा नेपालका मटिहानी नगरपालिका —८ का अध्यक्ष शिव शंकर कुमार राय । तस्विर – महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, जेठ १ गते । महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पहिलो विजयी खाता खोलेका छन् ।  

शनिबार दिउँसोदेखि शुरु भएको मतगणना परिणामा अनुसार लोसपा नेपालले मटिहानी नगरपालिका वडा नं. १ मा प्यानल सहितै वडा अध्यक्ष पदमा विजयी भएका हुन् । लोसपा नेपालका शिवशङ्कर कुमार राय ३७८ मत ल्याइ विजयी हुनुभएको छ । 

मटिहानी नगरपालिकाका निर्वाचन अधिकृत कुलबहादुर फडेराले राय सहितको प्यानललाई  विजयी भएको घोषणा गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिचन्द्र साह २१२ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद बसिर राईनले १८१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका छन । 

निकटमत प्रतिद्वन्दी साह र विजयी भएका राय बीच १६६ मतको अन्तर रहेको निर्वाचन अधिकृत फडेराले बताउनुभएको छ । 

यता मटिहानीमा नगरपालिकाको मेयर पदमा लोसपा नेपालबाट उम्मेदवारी दिएका  हरि प्रसाद मण्डलको अग्रता कायमै छ । 

लोसपा उम्मेदवार मण्डल ३६३ मत ल्याइ अग्रस्थानमा रहनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अग्रस्थानमा रहेका मण्डललाई नेकपा एमालेका उम्मेदवार हेम चन्द्र यादव र जसपा नेपालका उम्मेदवार मोहम्मद मुजिवुल रहमानले पछयाई राख्नुभएको छ। 

मटिहानी नगरपालिकाको धिरापुरस्थित कार्यालयमा हलमा जारी मत गणना अनुसार वडा नं. १ मा एक हजार ५१५ मतदाता  थिए ।