• १३ साउन २०८१, आइतबार

मनाङको नासों गाउँपालिकामा सत्ता गठबन्धन बिजयी

blog

नासों गाउँपालिका अध्यक्षमा निर्वाचित भएका धनबहादुर गुरुङ र उपाध्यक्ष्मा निर्वाचित माओबादी केन्द्रका बेदबहादुर गुरुङ । तस्बिरः लमजुङ समाचारदाता ।

बेलिना थापा

लमजुङ, बैशाख ३१ गते । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर गुरुङले ८ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दी नेकपा एमालेका मनबहादुर गुरुङले ६४८ मत ल्याउनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङले ९१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । नेकपा एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याउनुभएको छ ।

वडा नं. १ मा नेकपा एमालेका मिनराशी गुरुङले १६४ मत ल्याएर बिजयी हुनुभएको छ । प्रतिद्धन्दी नेपाली कांग्रेसका ललिता गुरुङले ६७ मत ल्याउनुभएको छ । वडा नं. २ मा नेकपा एमालेका रवि गुरुङले १०० मत ल्याएर निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका अर्जुन गुरुङले ७८ मत ल्याउनुभएको छ । वडा नं. ३ मा नेपाली कांग्रेसका निलराम गुरुङ ले ६८ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा एमालेका बीरबहादुर गुरुङले ५७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका धर्मजङ गुरुङ यसअघि नै निर्विरोध हुनुभएको छ । वडा नं. ५ मा कांग्रेसका थुतेन लामा, ६ मा पुष्पबहादुर गुरुङ र ७ मा ओमबहादुर गुरुङ यसअघि नै निर्विरोध भइसक्नुभएको छ ।

वडा नं. ८ मा कांग्रेसका याद घले १ सय ९१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । स्वतन्त्रका लिलबहादुर गुरुङले ७८ मत ल्याउनुभएको छ । वडा नं. ९ को अध्यक्षमा एमाले उम्मेदवार मिङमर छिरिङ विष्टले ६९ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । कांग्रेसका साङगे वाङचुक लामाले ५३ मत ल्याउनुभएको छ ।

नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३ दशमलब ०१ प्रतिशत मत खसेको थियो ।