• १६ चैत २०८०, शुक्रबार

तिङ्करमा मतदान सकियो

blog

दार्चुला, वैशाख ३० गते । व्यास गाउँपालिका–१ को तिङ्करमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिङ्कर गाउँमा मतदान सकिएको हो ।

तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिङ्करमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिनुभयो । तिङ्कर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता  थिए ।

व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले मतदान गरेका छन् । यस केन्द्रमा ३७५ जना मतदाता छन् ।

यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिङ्कर बसाइँ सरेका थिए । यहाँका स्थानीय छ महिना सदरमुकाम खलङ्गा र छ महिना छाङ्गरु तिंकर बसाइँ सर्ने गरेका छन् ।