• १३ वैशाख २०८१, बिहिबार

ओखलढुङ्गामा १२१ वर्षीय वृद्धद्वारा मतदान

blog

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख ३० गते । ओखलढुङ्गामा १२१ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर निवासी १२१ वर्षीय वृद्ध जीतबहादुर तामाङले मतदान गर्नुभएको हो ।

स्थानिय तह निर्वाचनमा आफुले चाहेको जनप्रतिनिधि चुन्न पाउँदा खुशी लागेको तामाङले बताउनुभयो । परिवारको सहायतामा उहाँले श्रीचउरको कालिका माध्यमिक विद्यालय भालुथुम्का गएर मतदान गरेको गर्नुभएको छ ।

जिल्लाका मतदातामध्ये तामाङ सबैभन्दा जेष्ठ रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ओखलढुङ्गाको चम्पादेवीमा गोली चल्यो, केहीबेर मतदान प्रभावित
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९, मिश्र भञ्ज्याङ्गमा गोली चलेको छ । नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन नौ राउण्ड हवाइ फायर गरिएको ओखलढुङ्गाका प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे काँग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद भएको थियो । सामान्य विवादले उग्ररुप लिएपछि प्रहरीले सम्झाउन खोज्दा बुथमा लगाएको बार नाघेर मतदान सामग्री भएको ठाउँमा प्रवेश गरेपछि हवाइ फायर गर्नुपरेको उहाँले बताउनुभयो ।

सर्वदलीय बैठक पश्चात अहिले मतदान पुनः सुचारु भएको पनि उहाँले जानकारी दिनुभएको छ । जिल्लाको अन्य स्थानीय तहमा भने मतदान शान्तिपूर्ण नै भइरहेको प्रहरीले जनाएको छ ।