• २१ वैशाख २०८१, शुक्रबार

रसुवामा ६० प्रतिशत मतदान

blog

रसुवा, वैशाख ३० गते । वर्षाका कारण स्थानीय तहको  मतदानमा  केही असर  पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।

अहिले २:३०  बजेसम्म ६० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।

बर्दियामा ४७ प्रतिशत मत खस्यो
बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताउनुभयो ।

मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उहाँले जानकारी दिनुभयो।