• १३ वैशाख २०८१, बिहिबार

किरिया पुत्री मतदानमा सहभागी

blog

प्रेम अधिकारी
पशुपतिगर(इलाम), वैशाख ३० गते ।
स्थानीय तह निर्वाचन प्रतिको उत्साह इलाम जिल्लाभर देखिएको छ । बिरामी, अशक्त र वृद्धवृद्धा र कोरामा बसेका किरिया पुत्री समेत मतदानमा सहभागी भएका छन् ।

इलामको माइजोगमाई गाउँपालिका–१ मा बुबाको किरियामा बस्नु भएका तोयानाथ दाहाल र प्रेम दाहालले मतदान गर्नुभएको छ ।

हिन्दु संस्कार अनुसार काजकिरियामा बस्नु भएका दाहाल दाजुभाई शिवमाई माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

मतदानपछि दाजुभाईले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि मतदानमा सहभागी भएको बताउनुभयो ।

‘‘अहिले मतदान नगर्दा पाँच वर्ष पछुताउनु पर्छ । अब आफ्नो अधिकार सुनिश्चित भयो ।,’’ तोयानाथले भन्नुभयो ।

यसैगरी, प्रेम दाहालले आफुलाई उपयुक्त लागेको व्यक्ति गाउँपालिका र वडामा छान्नका लागि दुःखको बेला पनि मतदानमा सहभागी भएको बताउनुभयो ।

यस्तै, सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीय ज्येष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । उक्त मतदान केन्द्रमा