• १४ वैशाख २०८१, शुक्रबार

काठमाडौंको मतगणना राष्ट्रिय सभा गृहमा : यस्तो छ तयारी

blog

तस्बिरः मनोजरत्न शाही 

काठमाडौं, वैशाख ३० गते।काठमाडौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार मतपेटीका ल्याउनेक्रम जारी रहेको छ।सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मतगणनास्थलमा जाली लगाइएको छ।यसैगरी मतगणनाका लागि कर्मचारी खटाइएको छ।

काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइएको हो।सबै मतपेटीका आइसकेपछि सर्वदलीय बैठक बसेपछि मतगणनाको प्रक्रिया सुरु हुनेछ।एकसाथ पाँच वडाबाट गणना सुरु गर्ने तयारी छ।

राष्ट्रिय सभा गृहको मतगणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ।यसैगरी आमसञ्चारकर्मीको रिपोर्टिङ सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्न मिल्ने व्यवस्था मिलाइएको छ।