• ९ जेठ २०८१, बुधबार

कावासोतीमा १०३ वर्षीया वृद्धाले गर्नुभयो मतदान

blog

मतदानस्थलमा १०३ वर्षीया वृद्धा भागिरथि पराजुली।

मीना कंडेल
कावासोती, वैशाख ३० गते।  पूर्वी नवलपरासी कावासोती नगरपालिकामा ८ की १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कावासोती  वडा नम्बर ८ की भागीरथी पराजुलीले ज्ञानोदय मावि केन्द्रबाट शुक्रबार मतदान गर्नुभएको हो।

उहाँका नातीले ह्विलचियरमा राखेर भोट खसाल्न मतदान केन्द्रमा ल्याउनु भएको थियो। २०१५ सालको आम निर्वाचनदेखि उहाँले मत हाल्नुभएको हो।  त्यतिबेला गुल्मीबाट मतदान गरेको उहाँका नातीले जानकारी दिनुभयो।

नवलपुर जिल्लाका १३३ स्थानमा २९९ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो।

अधिकारीले पानी परेका कारण केही समय मतदान रोकिएको भए पनि पुन सुचारु भएको र  कुनै पनि स्थानमा मतदान नरोकिएको र अवरोध नभएको जानकारी दिनुभयो। सबै मतदान केन्द्रमा उत्साहजनक रुपमा मतदाताको सहभागी भएको उहाँले बताउनुभयो।

जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको र कही कतै पनि कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो। आठवटा स्थानीय तहका ९२ वटा वडा रहेको नवलपुरमा पुरुष एक लाख २१ हजार ३८ र एक लाख ३३ हजार पाँच सय ७३ महिला मतदाता छन्।