• २६ वैशाख २०८१, बुधबार

दाङमा ५६ प्रतिशत मत खस्यो

blog

गोकर्ण पौडेल
तुलसीपुर, वैशाख ३० गते ।
दाङमा ५६ प्रशितश मत खसेको छ । शुक्रबार दिउँसोसम्म जिल्लाका १० पालिकाका, ९९ वडामा  ५६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जिल्लामा ३५ सय सुरक्षाकर्मी २५ सय कर्मचारीहरुलाई मतदान स्थलमा खटाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्दैछ ।

दाङमा १५३ मतदान स्थल र ४६१ मतदान केन्द्र छ । जसमा दुई लाख ८१ पुरूष, दुई लाख नौ हजार ९९ महिला र दुई अन्य गरी चार लाख नौ हजार ९०२ मतदाता छन् ।

जिल्लाका १० पालिकामा ७० पुरुष र १० महिला गरी ८१ जना प्रमुख तथा अध्यक्षमा र १७ पुरुष र ४६ महिला गरी ६३ जना उपप्रमुख तथा उपाध्यक्षमा प्रतिस्पर्धा  छ ।

यसैगरी, वडा अध्यक्षमा ४ सय ८२ पुरुष र १९ महिला गरी पाँच  सय १ जना प्रतिस्पर्धामा छन् । महिला सदस्यमा तीन  सय ९५, दलित महिला सदस्यमा तीन  सय ५५ र सदस्यहरुमा ७ सय ६६ पुरुष र ४७ महिला गरी ८ सय १३ उम्मेद्वार  छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७मा भने जेठ तीन गते मतदान हुने भएको छ । 

जिल्लामा कूल १ हजार ३ सय ३५ पुरुष र ८ सय ७२ महिला गरी २ हजार २ सय ७ उम्मेदवार रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।