• १३ साउन २०८१, आइतबार

महोत्तरीको बर्दिवास–८ मा माओवादी विजयी

blog

विजयी नेकपा माओवादी केन्द्रका वर्दिवास नगरपालिका–८ का अध्यक्ष शमशेर सिंह लामा । तस्बिर : गोरखापत्र

महेशकुमार दास 

जलेश्वर, वैशाख ३१ गते । महोत्तरीको बर्दिवास नगरपालिकामा नेकपा माओवादीले मात्र ९ मतको झिनो अन्तरले पहिलो खाता खोलेको छ । शुक्रबार रातिदेखि जारी मतगणना परिणामा अनुसार नेकपा माओवादी महोत्तरीको बर्दिवास नगरपालिका–८ मा वडाध्यक्ष पदमा विजयी भएको हो ।

नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा ७ सय ५३ मत ल्याइ विजयी हुनुभयो । बर्दिवास निर्वाचन कार्यालयका अधिकृत भूपेन्द्र सापकोटाले लामालाई विजयी भएको घोषणा गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गर्नुभएको छ । 

निकटमत प्रतिद्वन्द्वी किङरिङ र विजयी हुनुभएका लामाबीच मात्र ९ मतको अन्तर रहेको निर्वाचन अधिकृत सापकोटाले बताउनुभएको छ । बर्दिवास सेवा समितिको हलमा जारी मत गणना अनुसार तीन हजार ६०५ मतदाता रहेको बर्दिवास–८ मा कुल दुई हजार ५६२ मत खसेको थियो ।