• १३ साउन २०८१, आइतबार

डोटीमा एमालेको आधार इलाकामा कांग्रेसका उम्मेदवार विजयी

blog

केशबचन्द्र महरा 

दिपायल, बैशाख ३१ गते । डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवार लालबहादुर विष्ट प्यानलसहित विजयी हुनुभएको हो ।

विष्ट ३३६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीरबहादुर विष्टले २९८ मत मात्रै प्राप्त गर्नुभएको छ । 

एमालेको आधारक्षेत्र मानिने सो क्षेत्रमा २०४८ साल देखि नेपाली काँग्रेसले पराजय भोग्दै आएको थियो । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट लालबहादुर विष्ट वडाध्यक्षमा विजयी भएका थिए । नेपाली काँग्रेसले धेरै वर्षपछि एमालेको आधार इलाका भत्काएको दावी गरेको छ ।

त्यसैगरी दुबै जना खुल्ला सदस्यहरु, महिला सदस्य र दलित महिला सदस्यमा पनि काँग्रेसकै उमेदवार विजयी हुनुभएको छ ।