• १० जेठ २०८१, बिहिबार

तरुण दल अध्यक्ष साउद वडाध्यक्षमा निर्वाचित

blog

वडा अध्यक्षमा निर्वाचित साउद।तस्बिरः सामाजिक सञ्जाल

पुष्कर भण्डारी
डडेलधुरा, वैशाख ३१ गते।नेपाली कांग्रेस डडेलधुरा तरुण दल अध्यक्ष शेरबहादुर साउद वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।नेपाली कांग्रेसबाट नवदुर्गा गाउँपालिका–१ मा उम्मेदवार रहनु भएका उहाँ निर्वाचित हुनुभएको हो।

५८४ मतसहित उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय नवदुर्गाले जानकारी दिएको छ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवारले ४४१ मत प्राप्त गर्नुभएको छ।यस वडामा गएको निर्वाचनमा नेकपा एमालेले जितेको थियो।