• १३ साउन २०८१, आइतबार

कीर्तिपुर नगरपालिकामा काँग्रेसको अग्रता

blog

काठमाडौं, वैशाख ३१ गते । कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकाे छ । यस्तै वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी हुने निश्चित हुनुभएकाे छ । 

त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा स्थानीय निर्वाचन अन्तर्गतको मतगणना अनुसार दिउँसो २:१५ सम्ममा वडा नं. १ देखि ३ सम्मको गणना हुँदा नेपाली काँग्रेसको अग्रता  छ । 

कीर्तिपुर वडा नंं १ मा काँग्रेसको नगर प्रमुखमा ५७०, उपप्रमुखमा ५४१ र वडा अध्यक्षमा ५६५ मत प्राप्त भएको छ । 

यस्तै, नेकपा एमालेको प्रमुखमा ३५७, उपप्रमुखमा ४२३ र वडा अध्यक्षमा ३८६ मत खसेको छ ।

नेकपा माओवादी केन्द्रको नगर प्रमुखमा २००, उपप्रमुखमा १३५ र वडा अध्यक्षमा १५९ मत  छ ।

नेकपा एकीकृत समाजवादीका प्रमुखमा २३, उपप्रमुखमा ३५, वडा अध्यक्षमा ३१ मतसहित चौथौ स्थानमा छ । 

वडा नं. २ मा प्रमुखमा काँग्रेसको ३९३, एमालेको ३७२ र माअ‍ोवादी केन्द्र २०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कमला घिमिरेले बताउनुभयो  ।

उपप्रमुखमा काँग्रेसको ३८४, एमालेको ३९३  माओवादी केन्द्रको १९९ मत छ । वडा अध्यक्षमा काँग्रेसको ४०५, एमालेको ३८७ र माओवादी केन्द्रले १९० मत प्राप्त गरेको छ । 

कीर्तिपुर वडा नं. ३ मा प्रमुखमा काँग्रेसले ६५५, एमालेले ४०२, माओवादी केन्द्रले १०२, एकीकृत समाजवादीले २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मत प्राप्त गरेको घिमिरेले जानकारी दिनुभयो ।