• ९ जेठ २०८१, बुधबार

जुगल गाउँपालिका-१ मा कांग्रेस विजयी

blog

विजयीपछि अध्यक्ष जनक तामाङ। तस्बिरः गोप

चित्र मिजार
सिन्धुपाल्चोक, वैशाख ३१ गते।
जुगल गाउँपालिका-१ मा नेपाली कांग्रेसका उम्मेदवार जनक तामाङले ५८४ मत ल्याएर विजयी भएका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादीका कमल थापाले ५ मत अन्तरले पराजित हुनु भएको छ।

जुगल गाउँपालिका-१ को मतगणनासम्म सो गाउँपालिकामा एमाओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ। गठबन्धनका रेशम स्याङबाले ९७५ र कांग्रेसका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले ८५९ मत ल्याएर अग्रता कायम राखेका छन्।