• १३ साउन २०८१, आइतबार

सिन्धुपाल्चाेकका चार वडामा काँग्रेस विजयी

blog

एमाले, माओबादी गठबन्धनलाई पराजित गरी कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका सीताराम थापा ।

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख ३१ गते । त्रिपुरासुन्दरी गाउँपालिका–१ मा काँग्रेसका उम्मेदवार सीताराम थापाको प्यानल विजयी भएका छन् । एमाले र माओवादी गठबन्धनका हरेराम तिमल्सिनालाई ५८ मतले पछि पार्दै थापाले ३३४ मत ल्याई विजयी हुनुभएको स्थानीय स्थानीय सञ्चारकर्मी पृथ्वीजङ्ग पाण्डेले जानकारी दिनुभएको छ । एमालेका २७८ मत ल्याएर पराजित हुनुभएको छ ।

बाह्रबिसे नगरपालिका–२ घोर्थलीमा रेशम बहादुर तामाङको प्यानल विजयी भएको छ । उहाँले एमालेका जीतबहादुर तामाङलाई पराजित गर्दै विजयी हुनुभएको छ । विजयी रेशमले ७०६ मत र पराजित जीत बहादुरले ६२४ मत ल्याउनुभएको छ । उक्त नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरिरहेको छ । 

हेलम्बु गाउँपालिका–१ मा काँग्रेसका दावाग्याल्जेन लामा (ह्योल्मो) ९६५ मतसहित विजयी हुनुभएकाे छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका अनिल लामा ५७१ मत ल्याई पराजित भएका छन् । हेलम्बु गापा–७ मा काँग्रेसका निलबहादुर खड्काकाे प्यानल विजयी भएको छ । एमालेका विष्णु तामाङ ५९७ मतले पराजित हुनुभएकाे छ ।