• ७ जेठ २०८१, सोमबार

पाँचखाल– १३ मा मङ्गलबार पुनः मतदान हुने

blog

फाइल तस्बिर

केदार तिमल्सिना 

बनेपा, वैशाख ३१ गते । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा स्थगित भएको मतदान प्रक्रिया जेठ ३ गते मङ्गलबार पुनः सञ्चालन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय पाँचखालका अनुसार विवादका कारण नगरपालिकाको वडा नम्बर–१३ स्थित श्रीराम मावि मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । 

पाँचखाल नगरपालिकाका निर्वाचन अधिकृत रुद्र कोइरालाले पाँचखाल नगरपालिका–१ स्थित श्रीराम मावि क र ख मतदान केन्द्रको पुनः मतदान गर्ने गरी सूचना टाँस गरिएको बताउनुभयो । उहाँले मङ्गबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने तयारी गरिएको बताउनुभयो । विवाद भएपछि शुक्रबार नै सर्वदलीय बैठक राखेर मतदान सुचारु गर्न प्रयास गरे पनि सफल हुन सकेको थिएन ।