• १३ साउन २०८१, आइतबार

छापको विषयमा विवाद भएपछि रोकिएको भरतपुरको मतगणना सुरु

blog

तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, जेठ १ गते।
छापको विषयमा विवाद हुँदा रोकिएको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। 

मतगणना रोकिएपछि बसेको सर्वदलीय बैठकले स्वस्तिक छापको प्लस चिह्न मात्र देखिए पनि मत सदर गर्ने निर्णय गरेपछि पुनः मतगणना सुरु भएको हो।  माओवादी केन्द्रका प्रतिनिधि गोपाल न्यौपानेका अनुसार सहमति अनुसार अब स्वस्तिक छापमा प्लस चिह्न देखिए मात्र मत सदर हुनेछ। 

‘‘स्वस्तिक चिह्नको प्लस देखिने गरी छाप लगाइएको भए सदर हुने र प्लससमेत नदेखिए बदर हुने सहमति भएको छ’’, माओवादी प्रतिनिधि न्यौपानेले भन्नुभयो। 

भरतपुरमा मतगणना अवरुद्ध हुनुअघिसम्म ५१ सय ७७ मतगणना सकिएको छ। गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १८६६ मत ल्याउनुभएको छ। 

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १८ सय १४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत ल्याउनुभएको छ।