• ६ जेठ २०८१, आइतबार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका ४ वडामा माओवादी र २ वडामा काँग्रेस विजयी

blog

सानीभेरी गाउँपालिकामा निर्वाचित वडाध्यक्षहरु टेकबहादुर पुन, मानबहादुर पुन र अलबहादुर खत्री । तस्बिर– राजु लामिछाने

राजु लामिछाने 

रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा मत गणना सम्पन्न भएका ६ वटा वडा मध्य चार वडा वडामा नेकपा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेसको टिमले विजय हाँसिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सानीभेरीमा ११ वटा वडा रहेका छन् । 

१ नम्वरमा टेकबहादुरको टिम विजयी

सानीभेरी गाउँपालिका वडा नम्बर १ नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुनुभएकोे छ । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा महिला सदस्य विमला बि. क. रोकाले ४६६,  दलित महिला सदस्य तुलसा सुनारले ५३३, खुल्ला वडा सदस्यहरु कालो पुन र मंगले कामीले क्रमश ५३३  र ४९२ मात प्राप्त गर्नुभएको छ ।

२ नम्वरमा पनि माओवादी प्यानल नै विजयी

सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका हुनुभएको छ । उहाँले ४ सय ८४ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत प्राप्त गर्नु भएको छ ।

३ नम्वरमा जगदिशको टिम विजयी

सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ मा पनि नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगदिश नकाल ९ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद ओलीले ६ सय ३८ मत प्राप्त गर्नु भएको छ ।

४ नम्वरमा काँग्रेसको जित

सानीभेरी गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका मनोज कुमार बुढाथोकीले ६ सय ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका खडक बहादुर चन्दले ३ सय ७८ मत प्राप्त गर्नुभएको छ । वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गंगा चन्द ६ सय ७६ मत प्राप्त गरी बिजय हुँदा माओबादी केन्द्रकी कलधरी खत्रीले ३ सय ९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै  दलित महिला तर्फ नेपाली काँग्रेसकी लक्ष्मी रसाइँलीले ६ सय ७४ मत प्राप्त गरेर बिजय हात पार्दा माओवादी केन्द्रकी चन्द्रकली कामीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै खुल्ला सदस्य तर्फ नेपाली काँग्रेसका भद्र बुढाले ६ सय ५१ मत र बिमल प्रकाश बुढाथोकीले ६ सय ८९ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका खले बुढाले ३ सय ९९ र मदनदाश बिकले ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

५ नम्वरमा काँग्रेसकै नेतृत्व

वडा नम्बर ५ मा नेपाली काँग्रेसको विजयी भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका अलबहादुर खत्रीले ४ सय ६२ मत प्राप्त गरी विजयी हुनुभएको छ  । उहाँका प्रतिद्वन्दी माओवादी केन्द्रका तिर्थ बहादुर खत्रीले ४ सय ३४ मत प्राप्त गरी पराजित हुनु भएको छ ।

वडा महिला सदस्यमा नेपाली काँग्रेसकी गिता बाँठा ४ सय ४९ मत प्राप्त गरी बिजय हुँदा माओवादी केन्द्रकी कमला बस्नेतले ४ सय ३९ मत प्राप्त गर्नुभएको छ भने दलित महिला तर्फ नेपाली काँग्रेसकी कमला चदाराले ४ सय ६४ मत प्राप्त गरेर बिजय हात पार्दा उहाँकी प्रतिद्वन्दी माओवादी केन्द्रकी रिता कामीले ४ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि खुल्ला सदस्य तर्फ गठबन्धनबाट नेपाली काँग्रेसका दलजित बस्नेतले ४ सय ३७ मत र नैने कुसारीले ४ सय ४५ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका डिलाराम कुसारीले ४ सय ३३ र पर्शुराम खत्रीले ४ सय २१ मत प्राप्त गर्नुभएको छ । 

सानीभेरी गाउँपालिका वडा नं ६ को मत परिणाम 

गाउँपालिकाको वडा नम्वर ६ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पहलसिं घर्ति मगरले १५५ मत ल्याएर निर्वाचित हुुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका चन्द्रबहादुर कुसारीले १३२ मत प्राप्त गर्नुभएको छ । 

अध्यक्ष र उपाध्यक्षमा फराकिलो मतान्तर

सानीभेरी गाउँपालिकाका पाँच वडा वडाको मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तर बनाएका छन् ।

अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर बिष्टले तीन हजार सात र मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी कांग्रेस–एमाले गठबन्धनबाट काँग्रेसका गोरखप्रसाद चन्दले दुई हजार दुई सय २९ मत ल्याउनु भएको छ । त्यस्तै छाता चिन्हका उम्मेदवार मिम कुमार ओलीले ४० मत ल्याउनुभएको छ भने हलो चिन्हका उमेदवार टंकप्रकाश घर्तीले २७ मत ल्याउनुभएको छ । 

उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोका पुनले तीन हजार १२ मत ल्याउँदा काँग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले एक हजार पाँच सय ८९ मत ल्याउनु भएको छ ।