• १८ असार २०८१, मङ्गलबार

बर्दगोरिया–१ मा एमालेका गौतम प्यानलसहित विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ १ गते । कैलालीको बर्दगोरिया गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (एमाले)का मिथुन गौतम प्यानलसहित विजयी हुनुभएको छ ।  

७९५ मत प्राप्त गरेर गौतम वडा अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको छ ।

महिला सदस्यमा मीरा आलेमगर, दलित महिला सदस्यमा सरस्वती विक, सदस्यमा रामचन्द्र कठरिया र प्रकाश साउँद विजयी हुनुभएको छ ।