• १२ असोज २०८१, शनिबार

सुनसरीमा पाँच वडाको मत परिणाम सार्वजनिक

blog

जयकृष्ण यादव 

इनरुवा, जेठ १ गते । सुनसरीका चार पालिकामा पाँच वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । इनरुवा नगरपालिका १ वडामा नेपाली काँग्रसको प्यानल विजयी भएको हाे । 

दुहवी नगरपालिका १ मा र सीमावर्ती बर्जु गाउँपालिका १ मा नेकपा एमाले र सीमावर्ती हरिनगर गाउँपालिका ७ मा नेकपा एकीकृत समाजवादी र भोक्राहा नरसिंह गाउँपालिका १ मा राप्रपाको प्यानल विजयी भएको छ । 

जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र भोक्राहा नरसिंह गाउँपालिका १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । 

मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो । यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजित हुनुभएको छ । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित हुनुभएको छ । 

त्यसैगरी, सीमावर्ती हरिनगर गाउँपालिका ७ मा नेकपा एकीकृत समाजवादी पार्टीको प्यानल र ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिनुभयो । यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अन्सारी र सईदुरहमान अन्सारी निर्वाचित हुनुभएको छ । 

दुहबी नगरपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याउनुभएको छ ।

साथै, इनरुवा नगरपालिका १ मा नेपाली काँग्रेसको प्यानल र वडा अध्यक्षमा काँग्रेसका प्रमोद पोखरेल र उहाँका प्यानलैबाटै चार जना सदस्य निर्वाचित भएका छन् । बर्जु गाउँपालिका १ मा वडा अध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुङ ९१६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज गच्छदारले ६८९ मत प्राप्त गर्नुभएको हो ।