• ६ जेठ २०८१, आइतबार

सल्यानको कुमाख गाउँपालिकामा एमाले कांग्रेस गठबन्धन विजयी

blog

कुमाख गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विजयी गठबन्धनमा उम्मेदवार । तस्बिर : गोरखापत्र

सल्यान समाचारदाता

सल्यान, जेठ १ गते । सल्यानमा कांग्रेस, एमाले गठबन्धनले पालिकामा खाता खोलेको छ । कुमाख गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मानवहादुर वुढाथोकीले ४ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४ हजार १२ मत प्राप्त गर्नुभएको छ ।

बुढाथोकीले जैसीलाई ४६ मतले पराजित  गर्नुभएको हो । यस्तै उपाध्यक्षमा गठबन्धनकै एमालेका लालबहादुर रावत विजयी हुनुभएको छ । उहाले ४ हजार १ सय४३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याउनु भएको हो । 

माओवादी भित्र अध्यक्षमा विवाद हुँदा माओवादीबाट लालचन्द रावतले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँले ४ सय ५२ मत प्राप्त गर्नुभएको छ ।  माओवादीको आधारकिल्लाको रुपमा रहेको कुमाख गाउँपालिका गठबन्धनले भत्काइदिएको छ । २०७२ को चुनावमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा माओवादी निर्वाचित भएको थियो । सात वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले वडा न १, ५,६ र ७ नम्बर वडा जितेको छ भने गठबन्धन अन्तर्गत नेपाली कांग्रेसले वडा न २, ३ र ४ जितेको छ ।

सल्यानमा ३५ वडको मतपरिणाम सार्वजनिक

यसै विच सल्यानमा ३५ वडको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार यहाँ कांग्रेस १६, माओवादी १४ र एमाले ५ वडा विजयी हाँसिल गरेका छन् । काँग्रेसले त्रिवेणी गाउँपालिकामा १ मा दलबहादुर बस्नेत, शारदा नगरपालिका १ मा प्रदिप पाण्डे, शारदा नगरपालिका २ मा सविन हमाल, शारदा नगरपालिका ३ मा तुलसा भण्डारी, छत्रेश्वरी गाउँपालिका १ मा प्रकाश हमाल,  कुमाख गाउँपालिका २ मा इश्वरी शाही, बागचौर नगरपालिका १२ मा टिकाराम वली, बागचौर नगरपालिका ११ मा केशबहादुर भण्डारी, बन्गाड कुपिण्डे नगरपालिका १ मा थुमबहादुर विसी, बन्गाड कुपिण्डे नगरपालिका १२ मा लालबहादुर घर्ती, कपुरकोट गाउँपालिका ३ मा प्रदिप खड्का, त्रिबेणी गाउँपालिका ३ मा कर्णदेव डाँगी र कुमाख गाउँपालिका ३ मा केवल राणा, शारदा नगरपालिका ५ मा प्रदिप शाही त्रिबेणी ४ छबि शर्मा  विजयी हुनु भएको छ । 

यस्तै नेकपा माओवादी केन्द्रवाट नेकपा माओवादी केन्द्रका तर्फबाट कुमाख गाउँपालिका १ मा डिल्ली राना, कुमाख गाउँपालिका ७ मा डम्बर शाही, कपुरकोट गाउँपालिका १ मा बालाराम खड्का, दार्मा गाउँपालिका १ मा टंक वली र कुमाख गाउँपालिका ६ मा कर्ण बहादुर बिक विजयी हुनुभएको छ । 

यसैगरी सिद्धकुमाख गाउँपालिका १ मा रमेश चलाउने, बन्गाड कुपिण्डे नगरपालिका २ मा मान बहादुर खत्री, कालिमाटी गाउँपालिका ६ मा टेकराज पुलामी मगर, बागचौर नगरपालिका ६ मा ज्ञानबहादुर वली, कुमाख गाउँपालिका ५ मा पदम बुढा, दार्मा गाउँपालिका २ मा सार्के खत्री, छत्रेश्वरी गाउँपालिका २ मा प्रेम पहाडी, सिद्ध कुमाख गाउँपालिका २ मा मेकबहादुर बुढाथोकी र बागचौर नगरपालिकामा ६ ज्ञानबहादुर वली विजय हुनु भएको छ । 

यस्तै नेकपा एमाले बाट कालिमाटी गाउँपालिका ४ मा बेलबहादुर चन्द, त्रिबेणी गाउँपालिका २ मा हस्तबहादुर राम्जा, कालिमाटी गाउँपालिका ५ मा टोप बहादुर कार्की, कपुरकोट गाउँपालिका २ मा इश्वर बुढा र शारदा नगरपालिका ४ मा किशोर कुमार हमाल विजयी हुनु भएको छ ।