• ४ जेठ २०८१, शुक्रबार

महादेव मावि केन्द्रमा पुनः मतदान हुने

blog

राजन रावत

हुुम्ला, जेठ २ गते । चंखेली गाउँपालिका वडा २ को महादेब मावि मतदान केन्द्रको मतदान कार्य पुनः हुनेभएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान कार्य पुनः गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले उक्त मतदान केन्द्रको मतदान कार्य पूुनः हुने बताउनुुभयो । निर्वाचनको मिति कहिले गर्ने भन्ने निर्णय सम्वन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी र मतपत्र पठाउने छ । 

यसका लागि आयोगबाट पत्र समेत प्राप्त भएको उहाँले बताउनुुभयो । मतदान कार्य पुन सञ्चालन गर्न गठबन्धन दलहरुका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोबिन्द शाही, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका थिए । 

स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बन्चित गरेको भन्दै पूनः मतदान गर्न गठबन्धन दलले माग गरेका थिए । गठबन्धन दलहरुको मागमाथि छलफल गर्दा आयोग पुन मतदान कार्य गराउने निष्कर्षमा पुुगेको बताइएको छ ।  

मतदान केन्द्रमा ९०३ मतदाता रहेकोमा ३९० मत मात्र खसेको थियो । स्वतन्त्र उम्मेदवारको मात्र मत खसाल्न दिएको दावी गठबन्धन दलहरुले गर्दैआएका थिए । मतदान कार्यबाट ५१३ मत खस्न पाएको थिएन । दलहरुले ५६ दशमलव ६८ प्रतिशत मतदातालई मतदान गर्नबाट बन्चित गरिएकाले पुन मतदान गर्न माग गरेका थिए । 

मतदानका दिन झडप हुँदा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरेको थियो । मतदान अधिकृतसहित तीन जना घाइते हुनुुभएको थियो । जसमा एक जना मतदान कार्यमा खटिएका कार्यालय सहयोगी काला रोकायाको हेलिकोप्टरबाट उपचारका लाग सुुर्खेत लगिएको छ । 

पुनः मतदान कार्य सुचारु भएपछि पनि गठबन्धन पक्षका मतदाताले मत हाल्न सक्ने बातावरण नै नभएकाले  यस्तो अबस्था आएको सासद छक्कबहादुुर लामाले बताउनुुभयो ।