• २७ वैशाख २०८३, आइतबार

भारतबाट फर्कंदै गरेका भण्डारी नौ दिनदेखि सम्पर्कविहीन

blog

भारतबाट फर्कंदै गर्दा परिवारसँग सम्पर्कविहीन हुनुभएका सल्यान छत्रेश्वरीका गोविन्द भण्डारी । तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, वैशाख २७ गते ।
छत्रेश्वरी गाउँपालिका–७ निवासी ४१ वर्षीय गोविन्द भण्डारी भारतबाट घर फर्कने क्रममा नौ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।

रोजगारका सिलसिलामा भारतमा रहँदै आउनुभएका भण्डारी यही वैशाख १९ गते भारतको किनौर जिल्लाबाट घर फर्किने भन्दै हिँड्नुभएको थियो । त्यसयता उहाँ परिवारको सम्पर्कमा आउनुभएको छैन ।

उहाँकी श्रीमती तेजी बस्नेत भण्डारीका अनुसार घर फर्किने जानकारी दिएपछि गोविन्दसँग सम्पर्क टुटेको हो । नौ दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवार चिन्तित बनेको छ ।

श्रीमती तेजिले श्रीमान्को खोजीका लागि सबैसँग सहयोगको अपिल गर्नुभएको छ । सम्पर्कविहीन भण्डारीलाई कसैले देखेमा वा कुनै जानकारी प्राप्त भएमा ९७४३३५६७५६ वा ९७४६२८३४०३ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।