• १४ जेठ २०८१, सोमबार

चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी

blog

अविनाश चौधरी
धनगढी, जेठ २ गते ।
कैलालीस्थित चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पराजीत गरी बोगटी अध्यक्षमा विजयी हुनुभएको हो ।

विजयी हुनुभएका बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्दी नेकपा (एकीकृत समाजवादी) का सारुले तीन हजार २८१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार धना थापा तीन हजार ४४९ मत प्राप्त गरेर विजयी हुनुभयो ।

सो पालिकाको वडा नम्बर १ मा कांग्रेसका डम्मर सिंह, वडा नम्बर २ मा एमालेका केशव साउँद, ३ मा एमालेकै ठक्कर राना वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

यसैगरी, वडा नम्बर ४ को वडा अध्यक्षमा पनि एमालेका चक्रबहादुर लामिछाने मगर, वडा नम्बर ५ मा एमालेका वीरबहादुर धामी र वडा नम्बर ६ मा एमाले प्रेमबहादुर साउँद विजयी हुनुभएको छ ।