• ४ जेठ २०८१, शुक्रबार

मुगुमा पहिलो महिला वडाध्यक्षमा निर्वाचित

blog

हरिकृष्ण ऐडी
मुगु , जेठ २ गते ।
मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवामा जनता समाजवादीका उम्मेदवार कुञ्जुमान कुमाइ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।उहाँ  जिल्लामै पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कुमाएले नेकपा (एमाले)का  उम्मेदवार तेजबहादुर बुढालाई पाँच मतले पछाडि पार्दै विजयी हुनुभएको हो । कुञ्जुमानले १२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी बुढाले १२४ मत प्राप्त गरी गर्नुभएको छ । 

गमगढीस्थितल मुख्य निर्वाचन कार्यालयका  मुख्यु अधिकृत  पुण्यप्रसाद सापकोटाले सो कुराको जानकारी दिनुभएको हो ।

उक्त वडामा नेकपा माओवादीका सदस्य दुई जना र नेकपा एमालेका दुई जना सदस्य विजयी हुनुभएको छ ।