• ४ जेठ २०८१, शुक्रबार

ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसको अग्रता

blog

ललितपुर, जेठ २ गते । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका गोपीलाल सिङतानले एक हजार ९७७ मत ल्यानुभएको छ ।

पालिका उपाध्यक्षमा काँग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरेले दुई हजार ६३९ र एमालेकी उम्मेदवार रणिता तामाङले एक हजार ८३८ मत पाउनुभएको छ । हालसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भएकामा दुईमा काँग्रेस, एकमा नेकपा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनुभएको हो ।

वडा नम्बर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नं २ सङ्खुमा एमालेका रोहन लामा, वडा नं ३ दलचोकीमा तिलक बोम्जन र वडा नम्वर ४ नल्लुमा तीर्थ घलान बिजयी हुनुभएको छ । हाल वडा नं ५ भारदेउमा मतगणना जारी छ ।