सुधा देव
भारदह(सप्तरी), चैत ३ गते ।सप्तरीमा एक महिनाभित्रै ११ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ ।फागुन महिनामा मात्र विभिन्न घटनामा ११ जनाको ज्यान गएको छ भने ५३ जना घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उक्त कुरा जानकारी गराएको हो ।
फागुनमा जिल्लामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।कुल १७ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् ।
यो अवधीमा २० वटा सबारीसाधन दुर्घटनामा परेको छ । अधिकांश मानिसमा ट्राफिक लेन अनुशासनको कमी, अधिकांश सवारी साधनहरू निर्धारित गतिभन्दा ओभर स्पीडमा कुदाउनु र पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा रहेकाले दुर्घटना भएको प्रहरीको विश्लेषण रहेको छ ।
एक महिनाको अवधीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २७० सवारीलाई कारवाही गर्दा दुई लाख ५६ हजार जरिवाना सङ्कलन भएको सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीले जानकारी जानकारी दिनुभएको छ ।
एक महिनामा करेन्ट लागेर एक जनाको, पानीमा डुबेर तीन जनाको र अन्य घट्नामा तीन जनाको मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “करेन्ट लागेर चार जना, जनावरको आक्रमणबाट दुई जना र अन्य घट्नामा २६ जना घाइते हुनुभएको छ । एक महिनाको अवधीमा जिल्लामा सात जनाले आत्महत्या गरेका छन् ।विष खाएर दुई पुरुषले तथा झुन्डिएर एक पुरुष र चार जना महिलाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ ।”