• १४ वैशाख २०८१, शुक्रबार

जलेश्वर नगरपालिकामा जसपाले खाता खोल्यो

blog

महेशकुमार दास 

जलेश्वर, जेठ २ गते । जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले खाता खोलेको छ । जारी मतगणना परिणामअनुसार जलेश्वर नगरपालिका १ को वडा अध्यक्षमा जसपाका अनिलकुमार झा विजयी हुनुभएको छ ।

 झा ५४७ मत ल्याइ विजयी हुनुभएको जलेश्वर नगरपालिकाको निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले बताउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राकेशकुमार साहले ४२७ मत ल्याउनु भएको निर्वाचन अधिकृत त्रितालले बताउनुभयो ।

 जलेश्वर नगरपालिका १ मा निर्वाचित वडा अध्यक्ष झा यसअघि पनि सोही वडाको वडा अध्यक्षमा निर्वाचित भई ५ वर्षे कार्यकाल पूरा गरी वैशाख ३० गते सम्पन्न भएको चुनावमा मनोनयन दर्ता गर्नुपूर्व पदबाट राजिनामा गरी पुनः चुनावमा होमिनु भएको थियो । झा १२० मतको अन्तरले विजयी हुनुभएको छ ।

 विजयी भएका वडा अध्यक्ष झाले जनताले अघिल्लो कार्यकालमा बाँकी रहेको अधुरो काम पूरा गर्ने जिम्मवारीकासाथ दोस्रो पटक जिताएको बताउनुभयो । ‘अधुरो काम पूरा गर्ने विश्वासका साथ चुनाव जिताउनु भएको छ, म जनताको विश्वासमा खडा उतार्ने प्रयास गर्नेछु’ उहाँले भन्नुभयो ।