• ६ जेठ २०८१, आइतबार

जुम्ला हिमा गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी

blog

नेत्र शाही 

जुम्ला, जेठ २ गते । जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष लक्ष्मणबहादुर शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकै सुपर्ना शाही विजयी हुनुभएको हो । 

अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष रजनकलाले एकहजार पाँच सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्याशी नेकपा माओवादीका अमरजंग शाहीले एक हजार चार सय ८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गर्नुभएको छ । 

हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जीत हाशिल गरको थियो ।  अध्यक्ष रजवहादुर शाही र उपाध्यक्ष हिमाली रोकाया विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार हिमा गाउँपालिकामा चारहजार आठसय ४७ मत खसेको थियो ।