• ४ जेठ २०८१, शुक्रबार

डोल्पा ठूलीभेरी नगरपालिकाको मतगणना सम्पन्न

blog

विष्णुप्रसाद देवकोटा   
डोल्पा, जेठ २ गते ।
ठूलीभेरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका सुवर्ण बुढाले कुलखसेको चार हजार १७८ मतमा एक हजार २८६ मत ल्याएर ठूलीभेरी नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो ।

उँहाका निकटम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का कर्णबहादुर रोकायाले ९७८ मत ल्याएर पराजित हुनुभएको छ ।

यसैगरी, उपप्रमुखमा कांग्रेसकी छिरिङडोल्मा गुरुङ्ग(महत) ८४८ मत ल्याएर विजयी हुनुभएको जिल्ला मुख्य निर्वाचन अधिकृत केशवराज चपाईले जानकारी दिनुभयो ।

उहाँका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नरबहादुर बुढाले ७१५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, ठूलीभेरी नगरपालिका वडा नम्बर १ मा काँग्रेसका तेजेन्द्र रोकाया, वडा नम्बर ३ बाट भक्तबहादुर भण्डारी, वडा नम्बर ५ बाट भप्बमहादुर रोकाया, वडा नम्बर ९ बाट सुवास कठायत र वडा नम्वर १० बाट हंसरुप महत विजयी हुनुभएको छ ।

त्यसैगरी, वडा नम्बर ६ बाट नेकपा (माओवादी)केन्द्रका तेजेन्द्र कार्की वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रकै कमलबहादुर क्षेत्री र वडा नम्बर ७ को वडाअध्यक्षमा नेकपा एमालेका ध्रवकुमार शाही वडा नम्बर ४ मा नेकपा एमालेकै जुद्दबहादुर रोकाया विजयी हुनुभएको छ ।

त्यस्तै, वडा नम्बर ११ को वडाध्यक्षमा भने नेकपा(एकीकृत समाजवादी)का भद्र कार्की र वडा नम्बर ८ को वडाअध्यक्षमा समाजवादीकै मनराम ठकुल्ला विजयी हुनुभएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा सदरमुकाम दुनैवजार रहेको वडा नम्बर १ मा वडाअध्यक्ष मात्र विजय प्राप्त गरेको कांग्रेसले ठूलीभेरी नगरमा नयाँ इतिहास रच्दै प्रमुख उपप्रमुखसहित ६ वटा वडा अध्यक्षमा विजयी हासिल गरेको हो ।

ठूलीभेरी नगरपालिकामा पहिलो पटक जित हासिल गरेको कांग्रेसले प्रमुख उपप्रमुखसहित धेरै वडामा विजय हासिल गरेपछि विजय उत्सवस्वरुप बृहत विजय र्याली  निकालेको छ ।