• ६ जेठ २०८१, आइतबार

रुकुमको सानीभेरी गाउँपालिकामा बिष्ट र रोका विजयी

blog

नवनिर्वाचित अध्यक्ष बिष्ट र उपाध्यक्ष रोका । तस्बिर – राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, जेठ २ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । सोमबार दिउँसो सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ । 

अध्यक्ष विष्टले ६ हजार १९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत कमानसिं थापाले बिष्टका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दले ४ हजार ३२० मत प्राप्त गर्नुभएको छ । विष्ट र चन्दको मतान्तर १ हजार ६९९ रहेको छ । नवनिर्वाचित अध्यक्ष विष्ट यस अघि सानीभेरी गाउँपालिका ३ को वडा अध्यक्ष हुनुहुन्थ्यो । 

उपाध्यक्षमा निर्वाचित कमला रोकाले ५ हजार ९५८ मत प्राप्त गर्नुभएको छ । रोकाका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४४२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदमा २ हजार ५३८ मतको अन्तर रहेको छ । उपाध्यक्ष पदमा निर्वाचित रोका यस अघि सानीभेरी गाउँकार्यपालिकाको सदस्य हुनुहुन्थ्यो ।  

सानीभेरी गाउँपालिकाका ११ वटा वडा मध्य ३ र ४ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने ९ वटा वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । सानीभेरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको चुनावी गठबन्धन रहेको थियो ।