• १३ साउन २०८१, आइतबार

माथागढीमा एमालेबाट अध्यक्ष र उपाध्यक्षका विजयी

blog

रेखीराम राना

पाल्पा, जेठ २ गते । पाल्पाको माथागढी गाउँपालिकामा एमालेबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका दुबैजना विजयी भएका छन् । पालिकाको अध्यक्षमा यम चिदीमगर र उपाध्यक्षमा विष्णु माया लुङ्चमगरे निर्वाचित हुनु भएको हो । 

यसअघि २०७४ सालको निर्वाचनमा काङ्ग्रेसले क्लिन स्वीप पारेको गाउँपालिकामा अहिले एमालेका उम्मेद्वारहरू विजयी भएका हुन् । अध्यक्षमा चिदीले ६ हजार १ सय ९, उहाँका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याउनु भएको छ । उपाध्यक्ष लुङ्चेले ५ हजार ८ सय ८२ र काङ्ग्रेसकी विजय भट्टराई ५ हजार ६ सय ४४ मत ल्याएर दोस्रो हुनुभएको छ ।

माथागढीमा रहेका ८ वटा वडामध्ये चार वटामा नेपाली काङ्ग्रेस र चार वटामा एमालेका उम्मेदवारले जितेका छन् । पाल्पामा हालसम्म एमालेले मात्रै माथागढी, पूर्वखोला र तिनाउ गाउँपालिकामा अध्यक्षमा जित हासिल गरेको छ ।