किसानलाई 'कृषि एम्बुलेन्स'
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ। सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर सञ्चालन गर्न लागेको हो ।
दुधमा अनुदान पाएपछि कृषक उत्साहित
दुधमा अनुदान पाएपछि वालिङका कृषक उत्साहित भएका छन् । नगरपालिकाले उत्पादनमा आधारित रहेर दुधमा नगद अनुदान दिएपछि कृषक उत्साहित भएका हुन् ।
गुल्मीमा ८९ प्रतिशत धान रोपाइँ
गुल्मीमा हालसम्म ८९ प्रतिशत धान रोपाइँ भएको छ ।
अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ, उत्पादन बढ्ने
अर्घाखाँचीमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ ।
कृषि उपजलाई बजार अभाव
१५ वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ ।
बगर खेतीले फेरिँदै भूमिहीन किसानको जीवन
सामुदायिक सुधार केन्द्र (सीआइसी) धनुषाले मिथिला नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उहाँलाई जग्गा र कृषि यन्त्र उपलब्ध गराएको छ ।
१६ वर्ष विदेश बसेका दिलचन ड्रागन फ्रुट खेतीमा रमाउँदै
रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका-१८ अकबरेमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित छ जना ड्रागनफ्रुट खेतीमा संलग्न हुनुहुन्छ ।
तनहुँमा ९५ प्रतिशत रोपाइँ सम्पन्न
तनहुँमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पछिल्ला दिनमा नियमित वर्षा भएसँगै गत वर्षको तुलनामा यो वर्ष छिट्टै रोपाइँ सम्भव भएको हो ।
कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी
कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।
व्यावसायिक तरकारी खेतीमा रमाउँदै पाइजा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटकी टीका पाइजाले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी लिँदै आउनुभएको छ । पाइजाको घर वरपरको खेतबारी यतिखेर तरकारी खेतीले भरिएको छ ।
एक अर्ब ११ करोड रुपियाँको आलु आयात
बाँके पश्चिम नेपालका विभिन्न जिल्लामा तरकारी खेती गर्ने किसान र उत्पादन दुवै बढ्दै गए पनि भारतबाट हुँदैआएको आलुको आयात भने घट्नुको साटो बर्सेनि बढ्दैगएको छ ।
मताने बेँसीमा बेठीको रमझम (फोटो फिचर)
नौमती बाजा, पाँच हल गोरु, २९ रोपाहार अनि १८ बाउसे छन् । फिदिम –५ को मताने बेसी मङगलबार घञ्चमञ्च देखियो । नौमती टोलीका सदस्यहरु खेतका गह्रामा पसेर बाजा बजाइरहेका छन् । रमितेहरु डिल र आलीबाट हेरिरहेका छन् ।
दुधालु गाई पालनमा कृषकको बढ्यो आकर्षण
स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु व्यावसायिक गाई पालनतर्फ आकर्षित भएका छन् । गाई खरिदमा अनुदान दिएको पालिकाले उत्पादनमा आधारित नगद अनुदान समेत दिदैआएको छ ।
कोदो खेतीमा किसानको आकर्षण घट्दाे
डोटी जिल्लाको ग्रामीण क्षेत्रमा कोदो उत्पादनतर्फ किसानको आकर्षण घट्दाे छ ।
चुनौतीका चाङमा कृषि क्षेत्र
दीर्घकालीन रूपमा नेपालको समृद्धिको आधार कृषि नै हो । परम्परागत रूपमा गरिँदै आएको कृषि प्रणालीलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्दै यसमार्फत कृषि उत्पादनमा बढोत्तरी गर्न सकिन्छ, जसले रोजगारी सिर्जनामा समेत ठुलो टेवा पुर्याउने छ । यसका लागि कृषि अनुसन्धान पहिलो सर्त हो तर सरकारले अनुसन्धानलाई खासै प्राथमिकतामा राखेको देखिँदैन ।
मल वितरणमा अनियमितता
मलको अभाव नभए पनि वितरण प्रक्रियामा अनियमितता देखिएको कृषि सहकारी संस्थाका सञ्चालकहरुले गुनासो गरेका छन् ।
किसानलाई अनुदानमा ई-लोडिङ अटोरिक्सा वितरण
बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ई–लोडिङ अटोरिक्सा वितरण गरेको छ ।
सिँचाइ सुविधाका कारण असारमै धान रोपाइँ
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरस्थित उपाल्लाचौरका कृषक लोकबहादुर थापा मगरले यसपाली असारको दोस्रो हप्तामै धान रोपाइँ सक्नुभएको छ । तीन वर्ष अघि देखि सुरु भएको उपल्लाचौर सिँचाइ योजना सम्पन्न भएर ढोडेनी खोलाको पानी खेतमा आएपछि आकासे पानीको भरमा धान रोप्नुपर्ने थापामगरको बाध्यता हट्यो ।
भैंसी पालेर मासिक दुई लाख आम्दानी
१८ घण्टा मेहनत गर्दा समेत पारिवारिक समस्या हल नभएपछि २०७७ सालमा चालक पेशा छोडेर थोरै लगानीबाट भैंसी पालन व्यवसाय सुरु गरेपछि गोरखा नगरपालिका – ११ का युवा बाबुलाल श्रेष्ठ अहिले महिनाको दुई लाख आम्दानी गर्न थाल्नु भएको छ।
बाँकेमा ६० प्रतिशत रोपाइँ
पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख आम्दानी गर्नुभएको छ ।
घट्दै ओल खेती
सुनसरीमा पछिल्लो समय ओल खेती घट्दै गएको छ । कुनै समय व्यापक रूपमा लगाइँदै आएको ओल खेती पछिल्लो समय भने घट्दै गएको हो ।
अनुदानमा कृषि औजार वितरण
गुल्मीमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ । जिल्लाको मदाने गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।