कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री
जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ ।
कोरियासँग धान उत्पादन प्रविधिमा सहकार्यको अपेक्षा
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गर्नुभएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेयोङसँग शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइसकिएको र त्यसमा थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
कालीकोटमा स्याउ टिप्न सुरु
कालीकोट जिल्लामा स्याउ टिप्न सुरु भएको छ ।
कागती खेतीबाट करोड बढीको कारोबार
थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिन सक्ने भएपछि जिल्लामा कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । केही वर्ष अघिसम्म पाखा पखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा अहिले हरियाली मात्र भएका छैन, किसानले उत्पादन बिक्री गरी राम्रो आन्दानी लिइरहेका छन् ।
स्याउखेतीले मनाङका किसानको आम्दानी बढाउँदै
यहाँका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएसँगै अधिकांशको घरमा स्याउखेती फैलिएको छ । पछिल्लो समय परम्परागत स्याउखेतीलाई छोडेर व्यावसायिक खेतीलाई अङ्गाल्ने किसान जिल्लामा बढ्दै गएका हुन् ।
बाटो खुल्ने पर्खाइमा किसान
बाजुराको पूर्वी उत्तर क्षेत्रका स्याउ किसान बाटो खुल्ने पर्खाइमा छन् ।
ढोरपाटनमा सामूहिक स्याउखेती
स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउखेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवाले ढोरपाटन उपत्यका क्षेत्रको जग्गा विस्तारै ओगट्न थालेको छ ।
माछापालनप्रति किसानको आकर्षण बढ्दो
बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको छ । नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनका लागि उत्कृष्ट क्षेत्र प्रमाणित गरेको छ ।
कृषि औजार कारखानालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
भर्मी कम्पोष्ट मलको माग उच्च
को केरावारी –९ स्थित ओसिएस स्मार्ट एग्रो फार्मले मासिक पाँच हजार किलो भर्र्मी कम्पोष्ट मल उत्पादन गरिरहेको छ । बजारमा माग उच्च भए पनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालक समेत रहनु भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताउनुभयो ।
व्यावसायिक रुपमा उत्पादन गरिएको ड्रागन फ्रुट (फाेटाेफिचर)
पाँचथरको हिलिहाङ ७ का किसानले लगाएको सिउडी फल पाकेर त्यहाँका बगैचा राताम्य भएका छन् । यो फल ड्रागन फ्रुट नामले चिनिन्छ ।
देशभर छयानब्बे प्रतिशत रोपाइँ
देशभर साउन २० गतेसम्म ९६.३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष १४ लाख एक हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ, त्यसमध्ये १३ लाख ४९ हजार ६०१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । गत वर्ष साउन १९ गतेसम्म ८१.८ प्रतिशत रोपाइँ मात्र भएको थियो ।
७२ जना किसान सम्मानित
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७२ जना किसान सम्मानित भएका छन् । नगरपालिकाले उहाँहरूलाई सम्मानपत्रले मङ्गलबार सम्मान गरेको हो ।
गुल्मीमा परीक्षणका लागि चियाखेती
गुल्मीमा चियाखेतीको परीक्षणका लागि दश हजार जति बिरुवा लगाइने भएको छ ।
शीतभण्डार निर्माणपछि बेनीका किसानलाई राहत
फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् ।
आम्दानीको बलियो स्रोत भुइँकटहर खेती
बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।
ऐन कार्यान्वयनमा केन्द्रित हुन मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीयतासम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको एक कार्यक्रममा उहाँले स्वास्थ्य कस्तो रहने भन्ने खाद्यवस्तुले निर्धारण गर्ने भएकाले खाद्यवस्तुको नियमनमा विशेष जोड दिन निर्देशन दिनुभयो । खाद्यसम्बन्धी निर्देशिका एवं ऐन कार्यान्वयमा आइसकेको छ, यसलाई कडाइका साथ कार्यान्वयनमा ल्यायो भने यसले खाद्य स्वच्छतामा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
पर्वतमा ढुसीको सङ्क्रमणले धानबाली नष्ट
यहाँका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरू मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।
बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौँदेखि बाझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् ।
अकबरे खेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
जिल्लाको माङ्सेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।
एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित
निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।
पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।
हरियाली धान खेत र बस्ती
खरा महानगरपालिका–१६ ढिकीडाँडाबाट देखिएको हरियाली धान खेत र बस्ती ।
काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका-३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।