कर्णालीको रैथानेबाली बजारीकरण हुँदै
जुम्लालगायत माथिल्लो कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण हुँदा यहाँका किसानलाई राहत पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दननाथ सहकारीद्वारा सञ्चालित चन्दननाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण गर्दै आएको हो ।
रैथाने थारू आलु खेती गर्ने महिला समूहलाई कृषि उपकरण
कैलालीमा रैथाने थारु आलु गर्ने महिला कृषक समूहलाई कृषि उपकरण सहयोग गरिएको छ । कैलारी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा थारु आलु खेतीमा संलग्न कृषक समूहलाई कृषि उपकरण सहयोग दिएको हो ।
म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित
म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।
झण्डै १३ मेट्रिकटन रैथाने बाली सङ्कलन
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकबाट उत्पादित झण्डै १३ मेट्रिकटन रैथाने बाली सहकारी संस्थामार्फत बिक्री गरिरहेको छ।
बर्सिन घाँसखेतीले किसानलाई सहज
घोराही उपमहानगरपालिका-६ का किसान भीमबहादुर डाँगीले दुई दुहुँना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा बर्सिन घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलो भएको छ ।
चिया अनुसन्धान केन्द्र निर्माणले किसानमा उत्साह
इलामको सूर्याेदय नगरपालिका-७ कन्याममा २३ करोडको लगानीमा अर्थाेडक्स चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ ।
चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।
बहुउपयोगी बाबरी फूल
नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेका प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन र त्यहाँभित्र पाइने जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटी वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको अद्वितीय उपहार मान्न सकिन्छ ।
जनावरबाट बालीनाली जोगाउन रातभर जाग्राम
जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर-पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।