अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै
जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।
मुस्ताङमा लटरम्म फलफूल
हिमालपारीको जिल्ला मुस्ताङमा अहिले विभिन्न फलफूलहरु लटरम्म फलेर मनमोहक देखिन थालेको छ । मुस्ताङमा स्याउ मात्रै नभएर आरु, आरु बखडा, ओखर, खुर्पानी, कागजी बदाम, नास्पातीलगायतका फलफूलहरुको पनि राम्रो उत्पादन हुन्छ ।
पोखरा महानगरले तोक्यो मलको मूल्य
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
बाढीले सयाैँ रोपनी धानखेत बगरमा परिणत
गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ ।
कोदो उत्पादन क्षेत्रफल वर्षेनी घट्दै
गुल्मीमा प्रत्येक वर्ष कोदो उत्पादनमा गिरावट आइरहेको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार यस जिल्लामा प्रत्येक वर्ष उत्पादनको क्षेत्रफल घट्दा उत्पादनमा भने गिरावट आएको थिएन ।
एघार करोडको तरकारी बिक्री
भारी वर्षा भएर तरकारी खेतीमा अत्यधिक क्षति पु¥याए पनि लालबन्दी बजारबाट असारमा मात्रै ११ करोडभन्दा बढीको तरकारी बिक्री भएको छ । किसानले तरकारी बिक्री गरेर मनग्गे आर्जन गर्ने मुख्य थलो बनेको लालबन्दी तरकारी बजारबाट बर्सातको महिना असारमा समेत ११ करोड ५८ लाख ८९ हजार १७५ रुपियाँको तरकारी बिक्री भएको हो । किसानले लालबन्दी नगरपालिका–७ स्थित थोक तरकारी बजार डुमडुमेमा ल्याएर बिक्री गर्ने तरकारी व्यापारीले खरिद गरी छेउछाउका बजार मलङ्गवा, चन्द्रपुर, गौर, जनकपुरसहित काठमाडौँ, हेटौँडा, सिन्धुली, कटारी साथै पहाडी जिल्ला सोलखुम्बुसम्मका बजारमा पु¥याएर बेच्ने गरेका छन् ।
साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने
समयमा पानी परेका कारण यस पटक धान रोपाइँ समयमा सम्पन्न हुने देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १३ सम्म ९२.४ प्रतिशत रोपाइँ भइसकेको छ । गत वर्ष यही यतिबेलासम्म ७८.१ प्रतिशत रोपाइँ मात्र भएको थियो । यही हिसाबले रोपाइँ भयो भने साउन मसान्तभन्दा पहिले नै शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. बहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालिको सुखद कुरा समयमा मनसुन सुरु भयो र नियमित पानी परिरह्यो, किसानलाई सिँचाइलगायत अन्य कुनै कुराको अभाव भएन, त्यही भएर समयमा रोपाइँ सम्पन्न भएको हो ।”
धानमा फेद कुहिने रोग
बागलुङको धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् ।
किसानलाई अनुदानमा हातेट्रयाक्टर
गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्रयाक्टर वितरण गरेको हो ।
कृषि प्राविधिक पुनः आन्दोलनमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले आन्दोलन पुनः सुरु गरेका छन् । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र माग पूरा गर्ने भनी दिएको आश्वासन पूरा नभएको भन्दै कर्मचारीले बुधबारदेखि पुनः आन्दोलन सुरु गरेका छन् ।
किवी खेतीमा किसान आकर्षित
डोटीमा किवी फलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानमा कृषकले २८ हेक्टर क्षेत्रफलमा किवी खेती गर्दैआएका छन् । यहाँ ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन हुनेगर्छ ।
महिलालाई कोदो रोप्न भ्याइनभ्याई
बाजुराका महिलालाई कोदो रोप्न भाइनभ्याई भएको छ । यहाँ जेठ–असारदेखि साउन दोस्रो हप्तासम्म धान रोपाइँ गर्ने र त्यसपछि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोपिन्छ ।
प्युठानका किसानलाई चैतेधान भित्र्याउने चटारो
यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ ।
कोदोको उपभोग बढाएर प्रवर्धन गर्न आवश्यक
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोका परिकारको उपभोग बढाएर प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय कृषक महासङ्घ र एग्रिकल्चर जर्नालिस्ट एसोसिएसन नेपाल (अनाज) ले संयुक्त रूपमा ललितपुरमा आयोजना गरेको चौथो कोदो दिवसको उद्घाटन गर्दै मन्त्री अधिकारीले खाजाका रूपमा कोदोको परिकार प्रयोग गर्न अति उपयोगी हुने बताउनुभयो । “कोदो स्वास्थ्यका लागि लाभदायक हुन्छ, कोदो खाएर हुर्किएको हो, अझै पनि गाउँमा कोदो खेती गरिरहेको छ,” मन्त्री अधिकारीले भन्नुभयो, “सबैले बाँझो खेर गएको जमिनमा खेती गर्नुहोस् ।”
खिर खाने दिन नब्बे लाख लिटर दुध खपत
साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।
संसदीय समितिको सभापतिमा थापा निर्विरोध
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रभावकारी बन्दै भूमिगत सिँचाइ प्रणाली
कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाइ प्रणाली प्रभावकारी बनेको छ ।
अन्नबाली उत्पादनमा विषादीको प्रयोग नगरौँः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गर्नुभएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
रोपाइँ बढ्यो, उत्पादन बढ्ने
देशभर साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयले यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये एक लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
घट्यो धानचामल आयात
गत आर्थिक वर्षमा धानचामल आयात ४० प्रतिशतले घटेको छ । भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिस्टम लगाएका कारण आयातमा कमी भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २२ अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ ।
भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार
जिल्लाको गढवा गाउँपालिका-४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो ।
वार्षिक २२ लाख कृषकले अनुदानमा रासायनिक मल प्राप्त गर्छन् : कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिव २२ लाख कृषक परिवारले अनुदानमा रासयनिक मल प्राप्त गर्ने गरेको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कृषक पाठशालाका कारण कृषिमा आकर्षण
दैलेखको दुल्लु नगरपालिका –१ का पूर्णबहादुर खड्काको मुख्य पेशा कृषि हो । जीवनका पाँच दशक कृषि कर्ममा बिताउनुभएका उहाँले पछिल्लो सयम उत्पादनमा आएको कमीका कारण चिन्तित हुनुहुन्थ्यो ।
तरकारीकाे विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना
धनुषाको ढल्केवरस्थित कृषि उपज बजार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ स्थापना गरिएको छ ।