‘कृषकलाई मौसमले ठग्दो रहेछ’
“पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।”
कृषिमन्त्री डा.परियार र राजदूत चेन सङबिच भेटवार्ता
कृषि तथा पशुपक्षी विकासमन्त्री डा.मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबिच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
तनहुँमा दुध उत्पादनमा वृद्धि
पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दुध उत्पादनमा वृद्धि भएको छ ।
तनहुँमा धान उत्पादन बढ्यो
यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
तरकारी खेती गरेर दुई बिघा जमिन
तुलसीपुर उपमहानगरपालिका –१४, मटेराका पूर्णबहादुर चौधरी ‘नमूना किसान’ को रूपमा चिनिनुहुन्छ । एक समय अधिया खेतिकै भरमा परिवार पाल्न बाध्य पूर्णबहादुर तरकारी खेती गरेर दुई विघा जमिन खरिद गर्नुभएको छ ।
झापामा नरिवलको व्यावसायिक खेती सुरु
समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।
जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले सुनौला जुनाररसुन्तलाले पहेँलपुर भएको छ ।
अलैँचीको मूल्यमा निरन्तर गिरावट
छिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।
बेमौसमी वर्षाले क्षति पुर्याएपछि झापामा धान उत्पादन घट्यो
बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
वर्षाले तरकारीमा डेढ अर्बको क्षति
बेमौसमी वर्षाका कारण दुई महिनामा डेढ अर्ब रुपियाँ बराबरको तरकारी बालीमा क्षति भएको छ । गत असोज र कात्तिक महिनामा आएको बैमौसमी वर्षाका कारण एक अर्ब ४९ करोड रुपियाँ बराबरको २२ हजार मेट्रिक टन तरकारी बालीमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषक आन्दोलनले चिनी मिल सञ्चालनमा ढिलाइ
उखु कृषकले अनुदान र उखुको समर्थन मूल्यको विषयलाई आन्दोलन तीव्र पारेपछि रामनगरस्थित एभरेस्ट चिनी मिलको चालु क्रसिङ सिजन (०८२–८३) प्रभावित बनेको छ। किसान आन्दोलनका कारण गत वर्षको तुलनामा यो वर्ष ढिलो गरी मात्र मिल सञ्चालन हुने एभरेष्ट चिनी मिलले जनाएको छ ।
बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या
जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो ।
घामेमा दाइँको उत्साह (फोटो फिचर)
पछिल्लो समय धनकुटामा पनि गोरु नारेर दाइँ गर्ने प्रचलन हराउँदै गएको छ । कृषिमा प्रविधि भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै जाँदा दाइँ हाल्ने परम्परा पनि हराउँदै जान थालेको हो ।
एउटै गाउँबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री
तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
हुलास खाद्य उद्योगमा एकानब्बे बोरा म्याद नाघेको पिठो
बाँकेको कोहलपुरस्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो (आँटा) भेटिएको छ ।
उखु किसानको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित
उखु उत्पादक किसानहरूले मङ्सिर १५ गतेदेखि सर्लाहीको हरिवनमा सुरु गर्ने भनेको अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरोधको आन्दोलन स्थगित गरेका छन् ।
आलु खेती गर्दै तारा माविका विद्यार्थी : व्यवहारिक सिकाइको उत्कृष्ट नमुना
गोरखा नगरपालिका – १० स्थित छेपेटारमा रहेको सामुदायिक विद्यालय तारामाविका कक्षा ९ र १० का विद्यार्थीहरुले कृषि शिक्षालाई कक्षा कोठाबाट खेत सम्म पु–याउदै विद्यालय परिसरमा आलु खेती सुरु गरेका छन् ।
कृषि तथा पशुपन्छी क्षेत्रमा छ अर्ब सतसट्ठी करोडको क्षति
यस वर्षका दुई महिनामा आएको वर्षा, बाढीपहिरो र डुबानका कारण छ अर्ब ६७ करोड २८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । गत असोजको दोस्रो साता र कात्तिकको पनि दोस्रो साताकै बाढीपहिरोले कृषि तथा पशुपन्छी क्षेत्रमा त्यस्तो क्षति पुगेको हो ।
गुल्मीको छत्रकोटले बाँझो जग्गा उपयोग गर्दै
गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो उपयोग गर्ने नीति अगाडि सारेको छ । गाउँपालिकाले कृषियोग्य बाँझो जग्गामा सामुहिक र व्यवसायिक कृषि खेती अगाडि बढाउन थालेको हो ।
साढे सात हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
करिब पाँच लाख प्याजका बेर्ना बेच्दै इन्द्र दम्पती
गुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाले करिव पाँच लाख प्याजका बेर्ना बेच्दै हुनुहुन्छ ।
मोरङमा सुन्तलाको व्यावसायिक खेती
उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो ।
हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।
गुल्मीमा धान उत्पादनमा गिरावट
गुल्मीमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ६१ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको हो ।