• १३ असोज २०८२, सोमबार

पोल्ट्री फार्ममा १२ हजार कुखुरा मरे

blog

विद्युत आपूर्ति कम भएपछि मरेका कुखुरा व्यवस्थापन गरिँदै ।

अविनाश चौधरी

धनगढी, असोज १३ गते । विद्युत आपूर्तिमा समस्या भएपछि कैलालीको एक पोल्ट्री फार्ममा १२ हजार कुखुरा मरेका छन् । 

लम्कीचुहा–७ हरैयामा दुर्गा बोहराले सञ्चालन गरेको पोल्ट्री फार्ममा रहेका कुखुरा राति विद्युत आपूर्ति कम भएका कारण मरेका हुन् । अण्डा दिइरहेका कुखुरा मरेपछि एक करोड बराबरको क्षति भएको पीडित दुर्गा बोहराले बताउनुभयो । 

फार्म सञ्चालकले विद्युत आपूर्ति कम हुँदा कुखुरा मरेको गुनासो गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले फर्मको निरीक्षण गर्नुभएको छ । त्यस क्रममा मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुखलाई आवश्यक समन्वय गरेर विद्युत आपूर्ति प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।