फाँटभरी काँक्रो खेती (फोटो फिचर)
काँक्रोले भरिएको सुन्दर फाँट । फाँटदेखि माथि चिटिक्क परेको गाउँ । हालै मात्र कालोपत्रे भएको सडक । यो दृश्य पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित सल्यानको फाँट हो । सल्यान गाउँ ताजा तरकारी र बिउ उत्पादनको पकेट क्षेत्र हो ।
विद्यालयभित्र फलफूल बगैँचा
झट्ट हेर्दा फलफूलको बगैँचा जस्तै लाग्छ । दुई दर्जन बढी फलफूलका बिरुवा विद्यालयको प्राङ्गणमा देखिन्छ । बगैँचाभित्र अहिले २० बोटमा लटरम्मै आँप फलेको छ । यहाँ पुग्ने जो कोहीलाई टक्क रोकिन्न मन लाग्छ र फलेका आँप हेरिरहूँ जस्तै हुन्छ ।
बागलुङमा जेठमै रोपाइँ सुरु
बागलुङका किसानलाई जेठ महिनामै धान रोपाइँको भ्याइनभ्याइ छ । असार लाग्न केही दिन बाँकी छदै किसानहरू रोपाइँमा व्यस्त भएका छन् । सिँचाइ सुविधा भएका स्थानहरूमा यतिखेर धान रोपाइँको चटारो सुरु भइसकेको छ ।
धान उत्पादन वृद्धि हुने अनुमान
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले वर्षाका कारण यस पटक धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छन् । आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । पर्याप्त पानी प¥यो भने धानको उत्पादनमा वृद्धि हुने धानका वैज्ञानिक रामवरण यादवले बताउनुभयो । धान खेतीका लागि २५ सय मिलिलिटर पानी आवश्यक पर्ने गरेको बताउँदै उहाँले कतिपय ठाउँमा क्षेत्रमा औसत करिब नौ सय मिलिलिटर पानी पर्छ तर १५ सय मिलिलिटरभन्दा बढी पानी प¥यो भने धानका लागि राम्रो हुने गरेको बताउनुभयो ।
कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै
कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा हुनुहुन्छ ।
व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान
भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।
साउनदेखि गुणस्तर ऐन कार्यान्वयनमा
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ जारी भए पनि अगामी आर्थिक वर्षदेखि मात्र कार्यान्वयनमा आउने भएको छ । यो ऐन अनुसार विभिन्न नियमावली बनाउने गृहकार्य भइरहेको हुनाले अगामी आवको साउन १९ गते कार्यान्वयनमा ल्याउने कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषितर्फ) का सचिव डा. दीपक खरालले बताउनुभयो ।
ब्रान्डिङ गरिँदै लहानको आँप
आँपको राजधानी मानिएको लहानको मालदह आँप ब्रान्डिङ गरेर काठमाडौं पठाउने तयारी भएको कृषि शाखा लहानले जनाएको छ ।
तरकारी खेतीमा कृषकको हौसला बढाउँदैछ प्रदेश सरकार
बिहान झिसमिसेदेखि गोधुली साँझसम्म खेतबारीमा नङ्ग्रा खियाउँदा पनि भनेजस्तो आम्दानी नहुँदा कुनैबेला अगमशेर राई दिक्क बन्नुहुन्थ्यो । तर प्रविधिको विकासले उहाँको कामलाई अहिले सहज बनाइदिएको छ ।
बाँझो जग्गामा सामूहिक किवी खेती
गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् ।
राजा च्याउले पाउन थाल्यो बजार
नेपाली बजारमा च्याउको प्रजाति ‘राजा च्याउ’ ले बजार र चर्चा पाउन थालेको छ । एनसी एग्रो टेक इन्डस्ट्रिजले उत्पादन र बजारीकरण गर्दै आएको किङ ओयस्टर जातको उक्त च्याउ ‘राजा च्याउ’ को नामबाट उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । ‘एनसी एग्रो टेक इन्डस्ट्री’ का निर्देशक दीपकप्रसाद न्यौपानेको पहलमा सुरु गरिएको ‘राजा च्याउ’ को उत्पादनले बजार लिन थालेको हो । व्यापारकै सिलसिलामा कोरोना महामारीभन्दा केहीअघि चीन पुग्दा उहाँले स्थानीय बजारमा उक्त च्याउको माग धेरै भएको महसुस गरेपछि यसको व्यावसायिक उत्पादन सुरु गरेको बताउनुहुन्छ ।
रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन, वार्षिक २५ लाख कमाइ
कास्कीको पोखरा महानगरपालिका-३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो ।
धानको बीउ छर्दै
सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान । यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ ।
खलङगामा धान रोपाइँ
प्युठान नगरपालिकाको अन्नभण्डारको रुपमा चिनिने बिजुवार फाँटमा धान रोप्दै किसान
किसानलाई आधारभूत सीप प्रदान
बेनी नगरपालिकाका किसानहरूलाई एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मार्फत ज्ञान र सीप प्रदान गरिएको छ ।
तरकारी खेतीबाट वार्षिक पाँच लाख आम्दानी
थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि सो गाउँपालिकाका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै खेती गर्ने बढ्दै गएका छन् ।
सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै
समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाइमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका-६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ ।
कृषियोग्य जमिनमा सिँचाइ पुर्याउने सरकारको लक्ष्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिँचाइ मन्त्रालयसँग समन्वय गरी आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । सरकारले यो कुरालाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । देशभर ४१ लाख हेक्टर कृषियोग्य जमिन भए पनि हालसम्म पाँच लाख हेक्टरमा मात्र सिँचाइको पहुँच रहेको छ । आगामी आवमा १५ हजार पाँच सय हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले सिँचाइ र कृषिका कार्यक्रममा सामाञ्जस्यता कायम गरी सिञ्िचत क्षेत्रमा सघन कृषि प्रसार सेवा प्रदान गरिने जनाएको छ ।
हावाहुरीले मकै बालीमा क्षति
ताप्लेजुङमा मङ्गलबार साँझ वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्याएको हो ।
माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण
अर्गानिक खेतीलाई प्रोत्साहन गर्न ७५ प्रतिशत अनुदानमा ढैँचा (हरियो) मल वितरण गरेको धनुषाको मिथिला नगरपालिकाले माटोको उर्वराशक्ति बढाउन ठूलो मात्रामा कृषि चुन वितरण गरेको छ ।
राजनीतिसँगै कृषि पेसामा सक्रिय शाही
चामुण्डा विन्दवासिनी गाउँपालिका–४ दैलेख स्थायी ठेगाना भई हाल नेपालगन्ज उपमहानगरपालिका –१८ मा अस्थायी बसोबास गर्दै आउनुभएका नेता दीपकबहादुर शाही राजनीतिकर्मी हुनुहुन्छ । राजनीतिसँगै उहाँले कागती खेती पनि सुरु गर्नुभएको छ ।
हुरीले मकैबालीमा क्षति
वर्षासँगै आएको हुरीले मकैबालीमा ठूलो क्षति पुर्याएकाे छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएकाे हो ।
जैविक मल उत्पादनमा जोड
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जैविक मल उत्पादनलाई जोड दिएको छ । स्वास्थ्यकर अर्ग्यानिक उपभोग्य वस्तु उत्पादन गर्ने योजनासहित गाउँपालिकाले जैविक मल उत्पादनमा जोड दिने भएको हो ।
तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती
जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिनुभयो ।